षडानन्द नगरपालिकाले निति तथा कार्यक्रम ल्याउन सकेन

  • 158
    Shares

रातोपर्खाल,
असार, १० भोजपुर ।
भोजपुरको ९ स्थानिय तहमध्ये ८ ले शुक्रबार निति तथा कार्यक्रम सार्वजनिक गरिरहँदा षडानन्द नगरपालिकाले ल्याउन सकेन । नगर सभा सम्पन्न गर्ने मिति तोकिएपनि सत्तागठबन्धन दलका कार्यपालिका सदस्यहरुले बहिष्कार गरेपछि निति तथा कार्यक्रम ल्याउन नसकेको हो । उपमेयर ८ जना वडाध्यक्ष ४ जना कार्यपालिका सदस्य लगायत १३ जनाले सहभागी नहुने जनाएपछि नगर सभा स्थगित भएको हो ।
विषयगत समितिको टुङ्गो नलगाएको,टोल तथा वडाको योजना तर्जुमा नगरिएको, बजेटको सिलिङ नबनाई नगर प्रमुखले एकलौटी रुपमा नगरसभा सञ्चालन गर्न खोजेको आरोप बहुमत नगर सदस्यहरुको रहेको छ । बहुमत नगर सदस्यहरुले सभा बहिस्कार गरेपछि सभा स्थागित भएको वडा नं ३ का वडाध्यक्ष साङ्ग देम्बा राईले बताए ।


  • 158
    Shares
प्रतिक्रिया दिनुहोस्