हतुवागढी गाउँपालिकाले ल्यायो बयालिस करोड तीन लाख अठार हजारको बजेट


रातोपर्खाल,
असार १०, भोजपुर । हतुवागढी गाउँपालिका भोजपुरले आर्थिक बर्ष २०७९/०८० को निति तथा कार्यक्रम सार्वजानिक गरेको छ । गाउँपालिकाको  दोस्रो गाउँसभा तथा पहिलो अधिवेशन सम्पन्न गर्दै शुक्रबार आफ्नो निति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

गाउँपालिका प्रेम कुमार राईले प्रस्तुत गरेको निति तथा कार्यक्रम सर्वसम्मत ढंगले पारित भएको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले विनियोजन बजेट अन्तर्गत बयालिस करोड तीन लाख अठार हजारको बजेट प्रस्तुत गरेका थिए ।

गाउँपालिकाले विशेष गरि स्वास्थ्य, शिक्षा, कृर्षी, पर्यटन, खेलकुद र भौतिक पुर्वाधार विशेष प्राथमिकतामा राखेर अर्को आर्थिक वर्षका लागि बजेट सार्वजनिक  गरेको छ ।


प्रतिक्रिया दिनुहोस्