सामाजिक सुरक्षा लाभग्राही नविकरणका लागि जनप्रतिनिधिको सक्रियता

  • 187
    Shares

रातोपर्खाल,
श्रावण २, भोजपुर ।
षडानन्द नगरपालिका ३ ले सामाजिक सुरक्षा भत्ता लाभग्राही नविकरण गर्न जनप्रतिनिधि परिचालन गर्ने निर्णय गरेको छ । सोमबार वडाको बैठक बसि सामाजिक सुरक्षा भत्ता लाभग्राही नविकरणमा जनप्रतिनिधिले सहजीकरण गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले वडा भित्र बिग्रिएकाे सडक मर्मतका लागि जनश्रमदान जुटाउने निर्णय गरेको छ । त्यस्तै नयाँ आर्थिक वर्ष ०७९/८० का लागि विनियोजित बजेट समयमै कार्यन्वयन गर्न आमजनता तथा लाभग्राही सँग बृहत छलफल गरि अगाडी बढ्ने समेत निर्णय गरिएको वडाध्यक्ष साङदेम्बा राईले जनाएका छन् ।

सुचना-पत्र:-


  • 187
    Shares
प्रतिक्रिया दिनुहोस्