मण्डलानाटकघरमा खुवालुङको कथा

  • 181
    Shares

काठमाडौ । किराँती संस्कृति र मिथकमा आधारित नाटक खुवालुङ काठमाडौको मण्डलामा शुरु भएको छ । आस्था र केन्द्रको विन्दु खुवालुङको अन्तरकथालाई नाटकमा सविस्तार देखाईएको छ ।

खुवालुङलाई साक्षी राखेर शुरु भएको मानव सभ्यतालाई नाटकमा उतारिएको छ । लेखक साहित्यकार राजन मुकारुङको लेखनमा किरण चाम्लिङ राईले निर्देशन गरेका छन् ।

थैली इन्टरटेन्मेन्टको प्रस्तुति रहेको नाटकमा पशुपति राई, इंगीहोपो कोइँच सुनुवार, मानङ लावती, संयोग गुरागाईं, अनु थापा, सबिना थापा क्षेत्री, प्रशंसा गुरुङसहित ३० जना कलाकारहरूको अभिनय रहेको छ।

सोमबारबाहेक प्रत्यक दिन साझ ५ बजे प्रदर्शन भईरहेको नाटक शुक्रवार र शनिवार भने थप २ बजे गरि दुई समयमा प्रदर्शन भईरहेको हो ।










  • 181
    Shares
प्रतिक्रिया दिनुहोस्