चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त हुँदै


काठमाडाै । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त हुने भएका छन्। साेमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेपनि यसको औपचारिक जानकारी भने सार्वजनिक भएको छैन्। 

केसीसँगै अध्यक्ष बन्ने दौडमा अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनिलकुमार पोखरेल र सुष्मा कार्की रहेका थिए।

भुवनसँगै अरुणकुमार प्रधान र सम्झना रौनियार उप्रेती अध्यक्षको बलियो सम्भावना देखिएको थियो।


प्रतिक्रिया दिनुहोस्