जुम्लेखाद्वारा रामप्रसादराई गाउँपालिका अध्यक्ष लगायतलाई सम्मान

  • 582
    Shares

रातोपर्खाल,
श्रावण १४, भोजपुर ।
किरात साम्पाङ राई जुम्लेखा नेपाल भोजपुरले रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राई निर्माण लगायत नव निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

स्थानीय तह निर्वाचनमा निर्वाचित साम्पाङ राई जनप्रतिनिधिहरुलाई जुम्लेखाले सम्मान गरेको हो । शनिवार सदरमुकाममा एक कार्यक्रमकाविच जनप्रतिनिधिलाई सम्मान गरेको हो ।


जुम्लेखाद्वारा सम्मानित हुनेहरुमा रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण) लगायत तीन वडाध्यक्ष र ५ वडा सदस्य रहेकाछन । सम्मानित हुने वडाध्यक्षहरुमा पौवादुङ्मा गाउँपालिका वडा नं. ४ का रमेश राई, षडानन्द ३ का साङदेम्वा राई, भोनपा १० का सुविन राई सम्मानित भएका हुन् ।

सदस्यहरुमा भोनपा १० का दिलकुमार राई, रितामाया राई, षनपा १४ का प्रविन राई, निर्मला राई, टेम्केमैयुङ गाउँपालिका १ तिम्माका सन्तोष राई र टेम्केमैयुङ गापा ७ का रमेश कुमार राई लगायतलाई जुम्लेखाले सम्मान गरेको हो ।



कार्यक्रममा विगतमा पत्रकारिता मार्फत योगदान पुर्याए बापत राजन समीप साम्पाङलाई समेत सम्मान गरिएको थियो । जुम्लेखाका केन्द्रीय उपाध्यक्ष जित किराँत,केन्द्रीय सदस्य कृष्ण साम्पाङ लगायतको उपस्थिति रहेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले समाजमा रहेको ऐतिहासिक,सभ्यतालाई आधार मानेर गरेको विकास नै वैज्ञानिक विकासको बाटो भएको बताए । जुम्लेखाको स‌स्थागत विकासमा आफ्नो तर्फबाट खुलेर सहयोग हुने समेत गाउँपालिका अध्यक्ष राईले बताएकाछन् ।


जुम्लेखाले सदरमुकाममा आफ्नो सँस्थाको भवन निर्माण लगायत जिल्ला भरी छरिएर रहेको किराँत साम्पाङ राईहरुलाई एक जुट बनाउन जुट्ने बताएकाछन् ।


  • 582
    Shares
प्रतिक्रिया दिनुहोस्