तीन बुँदे सहमति कार्यान्वयन नभए हातमा दही जमाएर बस्दैनाै – विप्लव

  • 2
    Shares

काठमाडाै । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ पूर्जी जारी गर्नु षड्यन्त्रकारी, आपत्तिजनक र खेदजनक भनेकाे छ। सोमबार प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले विज्ञप्ति जारी गरी विगतमा सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन नभए हातमा दही जमाएर नबस्ने चेतावनी दिएका छन्।

‘पार्टी, नेतृत्व, कार्यकर्ता र तीन बुँदे सहमतिका विरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीन बुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने हाम्रो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार र राज्यका अधिकारीहरूलाई दिन चाहन्छौ’, विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्ती


  • 2
    Shares
प्रतिक्रिया दिनुहोस्