धरान मेयरको श्रम अभियानमा किराँतीको ऐक्यवद्धता

  • 46
    Shares

धरान । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको श्रम अभियानमा भोजपुरका संघीय सांसद तथा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सुदन किराँतीले ऐक्यवद्धता जनाएका छन् ।

शनिवार धरानको सर्दु जलाधार क्षेत्रमा मेयर सांम्पाङको नेतृत्वमा धराने जनताले चलाएको वृक्षरोपन अभियानमा सहभागी भएर सांसद किराँतीले ऐक्यवद्धता जनाएका हुन् । अभियानमा सहभागी हुँदै सांसद किराँतीले राजनीतिमा श्रम संस्कृतिलाई स्थापित गर्न सबैले धरानबाट सिक्नु पर्ने बताए । किरातीले भने, ‘आज विश्व मानव समुदायमा गम्भीर खाद्य संकट देखा पर्दैछ । उत्पादनमार्फत आत्मनिर्भर बन्न सकेनौं भने आजको विश्वमा बाँच्न गाह्रो हुनेछ।’

आयातमा निर्भर हुनुपर्दा र उत्पादनमा जोड नदिँदा समुदायसमक्ष संकट देखा पर्दै गएको किरातीले बताए । आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा मेयर हर्क साम्पाङले खुसी व्यक्त गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन किराँती मार्फत निम्तो पठाएका छन् ।

भिडियाे


  • 46
    Shares
प्रतिक्रिया दिनुहोस्