चोरीकाे बाईकसहित ७ अभियुक्त प्रहरी नियन्त्रणमा

  • 413
    Shares

रातोपर्खाल,
श्रावण २२, भोजपुर ।
भोजपुरका बिभिन्न स्थानहरुबाट चोरी भएका मोटरसाईकलहरु बरामत सँगै अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यलय भोजपुरले नियन्त्रणमा लिएको छ ।

आईतबार जिल्ला प्रहरी कार्यलय भोजपुरले पत्रकार सम्मेलन गरि ७ जना अभियुक्त र बरामत गरिएको ४ मोटरसाईकलहरु सार्बजनिक गरेको छ । जसमध्येमुख्य योजनाकार गिरोहका नाईके संखुवासभाका बमबहादुर न्यौपानेलाई सुनसरी प्रहरीले नियन्त्रण गरी सोमबार सम्म भोजपुर ल्याउने प्रक्रिया अगाडी बढाईएको छ ।


जिल्ला प्रहरी कार्यलय भोजपुर तथा मातहत कार्यलयहरु समेतमा बिभिन्न मिति समयमा मोटर साईकलहरु चोरी भएको भनि आवश्यक कारवाहीको निवेदन पेस भएपछि अनुसन्धान अगाडी बढाएको हो ।

चोरी भएको मोटरसाईकलहरु संखुवासभाका बिभिन्न स्थानहरुमा नम्बर प्लेट समेत परिवर्तन गरि प्रयाेग गरिरहेको गोप्य सुचनाको आधारमा भोजपुरबाट प्रहरी निरिक्षक अर्जुन कुमार अधिकारी सहितको प्रहरी टोली गई संखुवासभा प्रहरी सँग सहकार्य र समन्वय गरि अनुसन्धान गर्दा जिल्लाका भौगोलिक रुपमा अति बिकट पाँचखपन , बाह्रबिसे, धुपु लगायतका स्थान हरुमा फेला परेको जिल्ला प्रहरी कार्यलय भोजपुर ले जनाएको छ ।



असार १० गते हराएको पौवादुम्मा गाउँपालिका वडा नम्बर १ का राजेन्द्र तामाङको नाममा दर्ता रहेको मोटरसाईकल संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर २ घर भई खाँदबारी नगरपालिका बस्ने(चिनी) भनिने निराजन गौतम र पाँचखपन नगरपालिका वडा नम्बर ३ का टिकाराम तिवारी समेत बाट बरामत भएको छ ।

असार २३ गते अरुण गाउँपालिका वडा नम्बर ६ का फतसिङ राईको कालो रङको २२० सिसिको पल्सर मोटरसाईकल संखुवासभाको पाँचखपन नगरपालिका वडा नम्बर २ घर भई वडा नम्बर ६ बस्ने रबिकिरण राईबाट बरामत भएको छ ।

यसैगरी जेठ ८ गते राती भोजपुर नगरपालिका ६ का बालम राईको घरबबाट हराएको २२० सिसिको पल्सर बाईक संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ७ का मौसम आले मगर र सभापोखरी गाउँपालिका वडा नम्बर ३ का उपेन्द्र तामाङ समेत बाट बरामत गरीएको हो ।

यस्तै असार ८ गते भोजपुर नगर पालिका ४ सिद्धेश्वरका गिरेन्द्र खड्काको भोजपुर नगरपालिका ७ बाट चोरी भएको मोटर साईकल संखुवासभा खाँदबारी नगरपालिका वडा नम्बर १ बस्ने रोहितमान राई बाट बरामत गरिएको हो । चोरी भएको मोटरसाईकलहरु नम्बर प्लेट सहित अन्य पार्टपुर्जाहरु समेत परिवर्तन गरी नगद रु.२५ हजार देखी ७० हजार सम्ममा किनबेच गरीएको पाईएको हो ।

अभियुक्त ग्यारेज संचालक चोरी गरि बेच्ने र चोरीको मोटरसाईकल सस्तोमा खरिद गर्ने व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

यस्ता घटना जिल्लाको हकमा नौलो बिषय रहेकोले नियन्त्रण गर्न र निकट भबिस्यमा समेत यस्तो प्रकृतिका घटना नदोहोरीन दिनका लागि प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी नायब उपरिक्षक राज कुमार राईले बताए ।


  • 413
    Shares
प्रतिक्रिया दिनुहोस्