सुदन किराँतीको “ पलपलको मृत्यु ” पुस्तक विमोचन

  • 135
    Shares

काठमाडौ । थापागाँउ स्थित मण्डला नाटकघरमा मंगलवार दिउँसो १ नबज्दै मानिसहरु आउनेक्रम शुरु भईसकेको थियो । २ बज्दानबज्दा मण्डलाको हल भरियो । केहि बेरपछि कार्यक्रममा आईपुगे नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ।

कार्यक्रम थियो माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा भोजपुर जिल्ला सांसद सुदन किराँतीको पूस्तक विमोचन । सामान्यत पुस्तक विमोचनमा अतिथिको लर्काे लगाएर पुस्तक माथी थुप्रैलाई भन्न लगाएर दिनभर जसो पुस्तकको चर्चा परिचर्चा गरिन्छ । प्रचण्ड सहित कार्यक्रममा सहभागीहरुको आँकलन त्यस्तै थियो ।

हलमा प्रचण्ड अगाडीको लाईनमा बसेको केहिबेरमा हल अध्यारो भयो । धेरैले बक्ति गएको लख काटे । तर मञ्चमा निस्किए कलाकार र देखाउन थाले नाटक । झण्डै आधा घण्टा बढी कलाकारहरुले जनयुद्धमा पक्राउ परेका एक छापामारको कथालाई नाटकमा रुपान्तरण गरे र उपस्थित सहभागीलाई भावविह्हल बनाए ।

नाटक सकियो । पुरै हल उज्यालियो । मञ्चमा देखिए सांसद सुदन किराँती । “ यो मेरो कथा हो । ” किराँतीले भने । मञ्चमा उनले प्रचण्डलाई बोलाए र उनको वास्तविक जीवनकथामा आधारित “ पलपलको मृत्यु ” विमोचन भयो । प्रचण्ड लगायत सहभागी विद्धत वर्गलाई धन्यवाद दिएर उनले कमल ढकाललाई पुस्तकबारे छोटो चर्चा गर्न आग्रह गर्दै विदा भए । घोष्ट राईटिङका अध्यक्ष ढकालले सुदन किराँतीका पूस्तकबारे छोटकरीमा चर्चा गरेपछि उनले अध्यक्ष प्रचण्डलाई बोलाउदै विदा भए ।

“ धेरै कार्यक्रममा पुस्तक विमोचन गरियो तर नयाँपन दिने यस्तो कार्यक्रमको विमोचन पहिलो पटक भयो । सुदन जिलाई बधाई । ” प्रचण्डले थपे, “ हामीले बाचेको वास्तविक जीवनलाई उतार्ने जो कोशिष भएकाे छ । यो निकै राम्रो छ । यस्ता वास्तविक कथा लेखिनुपर्छ । ” उनले झण्डै १० मिनेट बोले र सकियो विमोचन कार्यक्रम ।

पारिवारिक कथा, राजनीतिक जीवन र जेलमा भोगेको यातनालाई सांसद सुदन किराँतीले पुस्तकको रुपमा प्रकाशन गरेका छन् । घोष्ट राईटिङले किराँतीको पुस्तक प्रकाशन गरेको हो ।








  • 135
    Shares
प्रतिक्रिया दिनुहोस्