वाईसियल भाेजपुरको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न,

  • 143
    Shares

रातोपर्खाल,
भाद्र, ३१, भोजपुर ।
वाईसियल नेपाल जिल्ला समन्वय समिति भोजपुरले नजिकिदै गरेको नेपालीहरूको विविध चाडपर्व लक्षित शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । वाईसियलद्धारा बिहिबार नेकपा (माओवादी केन्द्र) भोजपुरको सभाहलमा आयोजित कार्यक्रममा नेपालीहरुको नजिकिदै गरेको महान चाड वडा दशै, शुभदिपावलि, छठ, नेपाल संवत् र उधौलि पर्वहरु लक्षित शुभकामना आदानप्रदान गरेको हो ।

यस्तै आगामि मंसिर ४ मा सम्पन्न हुन गईरहेको प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा युवा विधार्थिको भुमिका र सहभागिता विषयक अन्तरक्रिया समेत गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का जिल्लामा उपलव्ध तथा पार्टी निकट जनवर्गिय संगठनका प्रमुख, अखिल (क्रान्तिकारी)को उपलव्ध नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका सहभागीहरु/तस्बिर-राताेपर्खाल

  • 143
    Shares
प्रतिक्रिया दिनुहोस्