अनेरास्ववियू (क्रान्तिकारी) भोजपुर क्याम्पसले गर्याे विविध पर्व लक्षित शुभकामना आदनप्रदान कार्यक्रम,

  • 188
    Shares

रातोपर्खाल,
असोज ०५, भोजपुर ।
अनेरास्ववियू (क्रान्तिकारी) भोजपुर बहुमुखी क्याप्पसले आगमी पर्वहरुलाई लक्षित गरी शुभकामना आदनप्रदान गरेको छ । बुधबार भोजपुर बहुमुखी क्याम्पसको सभाहलमा नेपालीहरुको दशैँ, दिपावली, छट, उधौँली लगायतका आगामी पर्वहरुलाई लक्षित गरी क्रान्तिकारी भोजपुर क्याम्पसले कार्यक्रम गरेको हो ।

शुभकामना आदनप्रदान गरिरहँदा सम्पुर्ण पक्षले देखावटी रुपमा मात्रै नगर्न भोजपुर बहुमुखी क्याम्पसका प्राध्यापक डा.पर्वत कुमार राईले बताएका छन् । डा.राईले भने,“हामी शुभकामना आदनप्रदान त गर्छाैँ तर प्राय जसो कार्यक्रम स्थलमा मात्रै सिमित रहने गरेको छ । हामीले यसलाई क्याम्पस प्रशासन, प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनहरु लगायतका पक्षबाट शुभकामना आदनप्रदान भए पश्चात पनि क्याम्पस सवैको सार्वजनिक स्थल रहेकाले एकअर्का विच पनि नैनिकतामा परिणत गरिनु पर्छ । यदी त्यसो नभए शुभकामना आदानप्रदान त्यही केही क्षणको देखावटी रुपमा मात्रै सिमित रहनेछ ।”

यस्तै अनेरास्ववियू (क्रान्तिकारी) ले हिजो बन्दुक र कलम दुवैलाई एकसाथ लिएर विद्यार्थीहरुको हक हित र अधिकारका निम्ति निरन्तर लागी परिरहेको एक मात्र विद्यार्थी संगठन रहेको नेकपा (माओवादी केन्द्र) भोजपुरका संयोजक नगेन्द्र भुजेल ‘शैलेन्द्र’ले बताएका छन् । संयोजक भुजेलले भने,“हिजोका द्धोन्द्धात्मक परिस्थितीहरुमा क्रान्तिकारीले कलम र बन्दुकलाई एकैसाथ लिएर विद्यार्थी आन्दोलनमा होमिएर निरन्तर लागि परेर यहाँसम्म आइपुगेको हो । तर आजको यो शान्तिपुर्ण परिस्थितीमा भने अबका क्रान्तिकारी विद्यार्थीले वैज्ञानिक तवरबाट विद्यार्थीहरुको हक,हित र अधिकारको निम्ति आन्दोलनरत रहेका छन् । जबजब परिस्थितीले अर्काे रुप लिँदै जान्छ त्यही समयानुकुल रहेर क्रान्किारी विद्यार्थीले विद्यार्थी आन्दोलन गर्न लाग्न आवश्यक छ ।”

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियू (क्रान्तिकारी) भोजपुर बहुमुखी क्याम्पसले केही समय अघि विद्यार्थीका हकहित र अधिकारको निम्ति निरन्तर लागि परेर विविध कार्यक्रमहरु सफलताका साथ क्याम्पसमा सञ्चालन गरिसकेको क्याम्पस संयोजक सोबिन तामाङले बताए । संयोजक तामाङले भने,“अखिल क्रान्तिकारीले भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा विद्यार्थी र महिला कर्मचारीहरुको वास्तिवक समस्या तथा स्वास्थ्यलाई मध्यनजर गरी क्याम्पसमा निःशुल्क प्याडको व्यवस्थान सँगै शुद्ध पिउने पानीका कार्यक्रमलाई सफलताका साथ व्यवस्थापन गरिसकेका छौँ । क्याम्पसमा यस्तो निकै समस्याहरु रहेका छन् त्यसैले अखिल (क्रान्तिकारी) यस्तै समस्याहरुलाई समाधान गर्नाका लागि निरन्तर लागि परिरहेको छ । अखिल (क्रान्तिकारी)ले क्याम्पसमा रहेका त्यस्ता समस्याहरुलाई पनि सपलताका साथ व्यवस्थान गर्ने छ।”

यस्तै उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्रं)का नेता, क्याम्पसका प्राध्यापक, क्याम्पसमा सक्रिय विद्यार्थी संगठन, विद्यार्थीहरु लगायतको. उपस्थिती रहेको थियो । सो कार्यक्रमलाई सफलताका साथ सम्पन्न गराउनका लागि आएका नृत्य कलाकारहरुलाई समेत अनेरास्ववियू(क्रान्तिकारी) भोजपुर क्याम्पसले विशेष धन्यवाद समेत ज्ञापन गरेको छ ।


  • 188
    Shares
प्रतिक्रिया दिनुहोस्