चिकित्सकको लाइसेन्स परीक्षामा ५७ दशमलव ६५ प्रतिशत परिक्षार्थी अनुत्तीर्ण


रातोपर्खाल
असोज ९, काठमाडौं ।
चिकित्सक लाइसेन्स परीक्षामा ५७ दशमलव ६५ प्रतिशत परिक्षार्थी अनुत्तीर्ण भएका छन् । ६४ औं चिकित्सक दर्ता प्रमाणपत्र परिक्षा अर्था लाईसेन्नसको परिक्षामा
१ हजार १ सय ७६ जना परिक्षार्थी अनुत्तीर्ण भएका हुन् ।

नेपाल मेडिकल काउन्सिलले शनिबार सार्वजनिक गरेको नतिजा अनुसार ४२ दशमलव ३२ प्रतिशत मात्र परिक्षार्थी उत्तीर्ण भएका हुन् । गत ६,७ र ८ गतेसम्म लाइसेन्सको परीक्षा सञ्चालन भएकाे थियो । काउन्सिलका रजिष्ट्रार डा.कृष्ण अधिकारीका अनुसार परीक्षामा २ हजार ६० जना परिक्षार्थी सहभागी भएका थिए ।

जसमध्ये ८ सय ६३ जना उत्तीर्ण भए भने २१ जना परिक्षामा अनुपस्थित भएका थिए । डा. अधिकारीका अनुसार डेन्टल (बीडीएस) तर्फ ६५ प्रतिशत अनुत्तीर्ण भएका छन् । बीडप्एस तर्फ ३५५ जनाले आवेदन दिएकोमा २ जना अनुपस्थित भएका थिए । परीक्षामा सहभागी ३५३ जनामध्ये २३० जना अनुत्तीर्ण भएका हुन् ।

यस्तै, एमबीबीएस तर्फ ५६ दशमलव ११ प्रतिशत अनुत्तीर्ण भएका छन् । परीक्षामा १ हजार ७ सय ५ जनाले आवेदन दिएका थिए । जसमध्ये १ हजार ६ सय ८६ जनाले परीक्षा दिएकोमा ७ सय ४० जना परिक्षार्थी उत्तीर्ण भए भने ९ सय ४६ जना अनुत्तीर्ण भएका छन् ।


प्रतिक्रिया दिनुहोस्