गायकीमा मात्र नभई सामाजिक काममा पनि उत्तिकै अग्रसर हुँदै गायक भिषण


रातोपर्खाल,
असोज २६ भोजपुर ।
पछिल्लो समय सामाजिक कार्यमा कमै मात्र देखिन्छन् मानिसहरु। तर चलनचल्तीका गीतहरुले बजारमा चर्चा कमाइरहेको बेलामा पनि भिषण मुकारुङ त्यही सामाजिकत्व भाव रहेको लोक गित–संगितमा निरन्तर लागि रहेका छन् ।

जसका गितहरुमा कमै मात्र छन् नरमाउने श्राेताहरु हुन्छन् तथापी पनि उनी यता मात्र सिमित भएका छैन । सामाजिक काममा समेत आउनका लागि अन्य व्यक्तिहरुलाई पनि निकै प्रेरित गरिरहेका छन्। गायकी क्षेत्रमा मात्रै लोकप्रिय बनेका छैनन् गायक भिषण । सामाजिक क्षेत्रका समेत उत्तिकै लोकप्रियता कमाई रहेका छन् ।


गायक भिषण पछिल्लो समय साँगितिक क्षेत्र र सामाजिकत्व बोध गराउने काममा समेत उत्तिकै दखल राखिरहेका छन् । गत असोज ६ गते काठमाण्डौको राष्ट्रिय नाच घरमा सम्पन्न गरेका आफ्नो एकल साँगितिक साँझबाट संकलित नगद रु. १ लाख गायक भिषणले नेपाल जेष्ठ नागरिक संघ अन्नपुर्णद्धारा सञ्चालित एम्बुलेन्स सञ्चालन सहयोगार्थ हस्तान्तरण गरेका हुन् ।

एम्बुलेन्सको अभावले आफ्नो आमालाई गुमाएकाले यस्तै बेथिति चिर्नका लागि आफुले उक्त साँझबाट संकलित रकम संघले लिएको एम्बुलेन्स सञ्चालन अभियानलाई सहयोग गरेको उनले बताए । उनले भने,“ यस्ता सामाजिक कार्यमा मेरो पाइला पहिलो पटक अघि सारेका हो, मेरो गाउँमा यस संघले लिएको यो अठोट पुरा होस् जस्ले गर्दा एम्बुलेन्सको असुविधाले जोखिम मोलिरहेका मेरो गाउँले नागरिकहरुले जोखिम उठाउनु पर्ने बाध्यतालाई विश्राम दिई चाँडै यो सुविधाको उपभोग गर्न पाउने छन् । यस कार्यका सहयोगी व्यक्तित्वहरुमा विशेष आभार सँगै यस्ता सामाजिक सेवामा अझै सहयोगी मनहरुलाई जोडिन अपिल गर्दछु ।”


विशेषतः उनको जन्मभुमीका दुर्गम भेगहरुका नागरिकहरु वर्षौदेखी एम्बुलेन्सको असुविधाको चपेटामा खेपिरहेका छन् । आफ्नो ठाउँका दाजुभाई तथा दिदीबहिनीहरुले खेप्नु परेको यस्ता चपेटाको निराकरणका लागि उनले उक्त सहयोगार्थ सहयोग गरेका हुन् ।

पछिल्लो समय देशमा संघीयता कार्यान्वयनमा आएपनि एम्बुलेन्स सेवाको अभावले गर्दा टेम्केमैयुङ गाउँपालिकाको ९ वटै वडाको दुर्गम भेगका नागरिकहरुले साेहिलियत तवरबाट स्वास्थ्य सेवाको उपभोग गर्नबाट वञ्चित मात्रै भएका छैनन् । गाउँका अधिकांश सर्वसाधारण नागरिकहरु विरामी ओसारपसारका लागि कष्टकर डोको र स्टेचरकै भर परिरहेका छन् । जसको कारण उक्त भेगका नागरिकहले असमायिक रुपमा आफन्तहरु गुमाई रहेका छन् ।


पालिकामा एम्बुलेन्स व्यवस्थापनका लागि गरेको सह्रानिय सहयोगका लागि गायक भिषणप्रति टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले विशेष आभार व्यक्त गर्दै अव चाँडै पालिकाका नागरिकहरुले एम्बुलेन्स सेवाको सुविधा उपभोग गर्न पाउनेमा प्रतिवदता व्यक्त गरेका छन् ।

अध्यक्ष बस्नेतले भने,“हाम्रो पालिकामा एम्बुलेन्स अत्यावश्यक रहेको छ, पालिकाले नागरिकहरुको स्वास्थ्यावस्थालाई विशेष ध्यानमा राखी एम्बुलेन्स खरिदमा भरपुर सहयोग गर्ने छ । नागरिकले यस सेवाको चाँढै उपभोग गर्न पाउनेमा पनि म विश्वस्त छु ।”


करिब दुई दशक लामो साँगितिक यात्रालाई पार गरेका गायक भिषणले संगित जगतमा नयाँ आयाम थपेका छन् । नेपाली संगित क्षेत्रमा प्रशंसणिय योगदान पु¥याएका उनले २१ औँ टुबोर्ग लोकगायनमा उत्कृट लोकगायनका रुपमा सम्मान पाइसकेका छन् । उक्त अवार्डबाट सम्मानित गायक भिषणले करिब तीन सय वटा गितमा स्वर र संगित दिइसकेका छन् । केही समय यता उनी गायन क्षेत्र सँगै समाज सेवामा समेत अग्रसर छन् ।


प्रतिक्रिया दिनुहोस्