भोजपुर प्रतिनिधि र प्रदेश सभामा गठबन्धन दलको अग्रता कायमै,


रातोपर्खाल,
मंसिर ६, भोजपुर ।
भोजपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को ३१ सय २४ मत गनिसक्दा एमालेका उम्मेदवार शेरधन राई भन्दा गठबन्धनका साझा उम्मेदवार सुदन किराती ४ सय ५६ मतले अघि बढिरहेका छन् । पुर्व मुख्यमन्त्री शेरधन राईले एक हजार ८५ मत पाउँदा बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार किरातीले १ एक ५ सय ४१ मत प्राप्त गरेका हुन् । प्रतिनिधि सभाका लागि तेस्रो दलका रुपमा नेपालका लागि नेपाली पार्टीका उम्मेदवार सुरेश बस्नेतले ७८ मत प्राप्त गरेका छन् ।
यस्तै भोजपुर प्रदेश सभा १ का एमाले उम्मेदवार हरी बहादुर राई भन्दा गठबन्धनका साझा उम्मेदवार राजेन्द्र राई ७ सय ६ मतले अघि रहेका छन् । एमालेका राइले ३ हजार ९ सय २८ मत गनिसक्दा १ हजार ३ सय ३८ मत प्राप्त गरे भने गठबन्धनका साझा उम्मेदवार तथा बहालवाला मुख्यमन्त्री राजेन्द्र कुमार राईले २ हजार ४४ मत प्राप्त गरेका छन् । यस्तै तेस्रो दलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार फुर्वा दोर्ची शेर्पाले १ सय ७५ मत प्राप्त गरेका छ्न् ।
भोजपुरमा १ लाख २३ हजार ३ सय ७९ कुल मतदाता रहेका छन् । जसमध्ये भोजपुरमा ५०.३९९ प्रतिशत अर्थात जम्मा ६२ हजार १ सय ८१ मत खसेको थियो ।


प्रतिक्रिया दिनुहोस्