लेखोट र गुरु उपन्यासलाई पहिचान पुरस्कार


रातोपर्खाल,
पौष ९, भोजपुर  ।
पहिचान पुरस्कार कोषले २०७८/७९ को  पहिचान पुरस्कार अर्जुनबाबु माबोहाङ र अमित थेवे मिहाङद्धारा सङ्कलित ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’ र कविता राईको ‘गुरु’ उपन्यासलाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । संस्थाले जनाए अनुसार चैत्र ४ गते भोजपुरको चखिया डाँडामा पुरस्कार वितरण गरिने भएको छ । गतसाल पनि चखियामा चैत्र ४ गते नै पुरस्कार प्रदान गरिएको थियो ।

तेह्रथुम लालीगुराँस नगरपालीकाको नगर प्रमुख समेत रहेका अर्जुनबाबु माबोहाङ लिम्बु जातीको विषयमा खोज अनुसन्धान गर्नुका साथै विषेश गरी मुन्धुमको जिवन दर्शनलाई नजिकबाट अध्ययन गर्छन् । उनी मुन्धुम दर्शनको अध्यता समेत रहेका छ्न् । यता अमित थेवे मिहाङ हाल रोजगारीको लागि वेलायतमा रहेका छन् । उनी युवा कवि संगै पत्रकार र सामाजीक अभियान्त पनि हुन् । उहाँहरुको संकलन र लेखनमा प्रकाशित भएको पुस्तक ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’  हो। यो एक महत्वपूर्ण दस्तावेज समेत रहेको हो। जसलाई उनीहरुले आम समाजमा उपस्थित गराएका छन् । आफ्नो मातृभाषालाई आफ्नै लिपिमा लेखिनु उ बेला सामान्य विषय थिएन । मातृभाषा र लिपिको संरक्षण गरिएको ऐतिहासिक दस्तावेज पनि हो । धरानको विजपुरमा क–कस्ले राज्य गर्यो र सेनबंसीहरुको उदय कसरी भयो भन्ने विषय यस पुस्तकमा विस्तृत रुपमा उल्लेख गरिएको छ ।

“गुरु” उपन्यासका लेखक कविता राई शिक्षक हुन् । काठमाण्डौं भन्दा धेरै टाढा रहेको भोजपुरको एक स्कूलमा पढाउँछिन् । साथै उनी कविता र आख्यान लेखनमा निरन्तर छिन् । “गुरु” उपन्यास सरल गाउँले जनजिव्रोमा जोडिएको भाषा शैलीमा लेखिएको छ । विशेष गरी जनयुद्धको विषयलाई वादी र प्रतिवादी नभई लेखिएको छ । पुर्वी पहाडदेखि पश्चिम लमजुङको दुर डाँडासम्मको कथा र कथाका पात्रहरु जोडिएका छन् ।
यस्तै चैत्र ५ गते एक दिने ‘काब्य मुन्दुम पद यात्रा’ गर्ने तालीका समेत आयोजक संस्थाले तय गरेको छ । उक्त यात्रामा आउनु हुने पाहुनाहरुलाई खान र बस्नको लागि निशुल्क व्यवस्था गरिने संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्